Bachelor's & Master's Degree in Management
Affiliated to Tribhuvan University

दाङ, पौष ६ – दाङको घोराहीस्थित मार्क इन्टरनेशनल कलेजमा आज आइतबारदेखि कलेजको वार्षिक खेलकुद सप्ताह सुरु भएको छ।
कलेज प्रमुख लालमणी बसेलले जानकारी दिनुभयो कि विद्यार्थीहरूलाई खेलकुदप्रति जागरुक बनाउने र उनीहरूको क्षमता उजागर गर्ने उद्देश्यले यो कार्यक्रम कलेजको वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको हो।
खेलकुद सप्ताहमा हाजिर जवाफ, चेस, कपर्दी, ब्याडमिन्टन, फुटबल, भलिबल, क्रिकेट, फुटसल, तातो आलु, डोरी तान्ने प्रतियोगिता लगायतका खेल समावेश छन्। विद्यार्थीहरूले कक्षागत समूह बनाएर प्रतियोगितामा भाग लिएका छन्। खेलकुद सप्ताह आगामी शनिबारसम्म चल्नेछ।
खेलकुद सप्ताहको शुभारम्भ आइतबार क्याम्पस प्रमुख लालमणी बसेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका कोर्डिनेटर प्राध्यापक कृष्ण बहादुर केसी, रिसर्च कोर्डिनेटर प्राध्यापक नौला बहादुर खड्का, पूर्व प्रमुख बामदेव लामिछाने, परीक्षा कोर्डिनेटर सन्दीप न्यौपाने, र प्राध्यापकहरू यज्ञ केसी, कुमारराज श्रेष्ठ, निर्मल गौतम, श्याम कुमार आचार्य, कमल रेग्मी, सुरज गुप्ता, नविनकुमार गौतम लगायतले भाग लिनुभयो।
कार्यक्रममा प्राध्यापकहरूले खेलकुद सप्ताहले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको अतिरिक्त क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
यसैगरी, खेलकुद सप्ताहको पहिलो दिन आज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता प्राध्यापक यज्ञ के.सी.ले सञ्चालन गर्नुभएको थियो।