Ghorahi Sub-Metropolitan City 15, Dang, Lumbini Province, Nepal
082-562190
rushmark22@gmail.com

Mark International College

Bachelor's & Master's Degree in Management

Affiliated to Tribhuvan University

Admissions Open!
Enroll Now in the BBS & MBS Program at Mark International College, Ghorahi, Dang
Apply Now →

News and Events

घोराही बैंकर्स क्लबको आयोजनामा मार्क कलेजमा रक्तदान

Nov 24, 2025 By admin

घोराही । घोराही बैंकर्स क्लबको आयोजना, यस मार्क इन्टरनेशनल कलेजको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको प्राविधिक सहयोगमा कलेज परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी र विद्यार्थी गरी चालीस जनाले रक्तदान गरेका छन्।

यस मार्क इन्टरनेशनल कलेजमा क्लबका अध्यक्ष कमल रेग्मीको सभापतित्व तथा क्याम्पस प्रमुख लालमणि बसेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको सहजीकरण क्लबका सचिव कृष्णबहादुर साउदले गरेका थिए।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपाने, कलेजका को–अर्डिनेटर कृष्णबहादुर केसी, रिसर्च को–अर्डिनेटर नौलाबहादुर खड्का, तथा प्राध्यापक यज्ञबहादुर खत्री, प्रियब्रत आचार्य, श्यामकुमार आचार्य, सन्दीप न्यौपाने, खडानन्द खनाल र गेहेन्द्रराज अधिकारीलगायतका वक्ताले रक्तदान जीवनदान भएको भन्दै यसको महत्वबारे प्रकाश पारे।

कार्यक्रममा बैंकर्स क्लब दाङका कोषाध्यक्ष कृष्णप्रसाद भट्टराई, हिमालयन बैंकका शाखा प्रबन्धक केशव तिवारी, ग्लोबल बैंकका टेकराज बिताडी र उमंग शर्मा, लुम्बिनी बैंकका युवराज भण्डारी, एसबिआई बैंकका सञ्जिव ढुङ्गेल, एभरेष्ट बैंकका शिवप्रसाद श्रेष्ठलगायतले पनि रक्तदान गरेका छन् भन्ने जानकारी कलेजका प्राध्यापक यज्ञ केसीले दिए।

त्यससँगै दधिराम न्यौपाने, सुदिप रिजाल, बासुदेव सुवेदी, निर्पेश पौडेल, कल्पना डाँगी, नितेश डाँगी, अनिलकुमार चौधरी, एकराज राना, मनोज चौधरी, अमित सिंह टिँकरी, शान्ति वली, आरती चौधरी, शर्मिला कुमारी परियार, सिता घर्ति मगर, सन्तोष पोख्रेल, अमृत पुन मगर, हर्षित चौधरी, सुदन चौधरी, रितमान पुन मगर, मजय विक, पुजन प्रधान, सङ्गीता पुन मगर, अञ्जली नेपाली, सञ्जिव ढुंगेल, कृष्णप्रसाद राउद, केशव ज्ञवाली, मञ्जरी सुनार, आकाश परियार, गिरबहादुर रोका क्षेत्री, सम्झना खड्का, शान्ति रोका, समिक्षा गौतम, सञ्जना केसी, शिवकृष्ण केसी, रिमबहादुर बुढा क्षेत्री, बिरेन्द्रबहादुर हिलान, सूर्यमणि सार्की, यमुना गौतम, सरिता डाँगी र देविका केसीलगायतले समेत रक्तदान गरेका थिए।